वैशाख १६ अगाडि म्याद समाप्त भएका सबै आयोजनाको एक वर्ष समय थप गर्न माग
काठमाडौँ ।
नेपाल निर्माण व्यवसायी महासंघले २०७८ वैशाख १६ गतेभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरूको एक वर्ष म्याद थप्नुपर्ने माग गरेको छ । साथै म्याद थप निर्णय मितिबाट गणना हुने गरी थप गरिनुपर्ने महासंघको भनाइ छ ।
महासंघको प्रतिनिधिमण्डलले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीलाई भेटी म्याद थपबारे निर्णय गर्न भूमिका खेल्न आग्रह गरेको हो । साथै महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश भएको निर्माण आयोजनाहरूको छ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको जानकारी गराएको छ । यस्तै शतप्रतिशत धरौटी रकम फिर्ता गर्ने व्यवस्था गर्न, विकास निर्माणकार्यमा खटिने सबै निर्माण व्यवसायीहरूसहित कामदार तथा श्रमिकहरूलाई कोभिड—१९ विरुद्धको खोपको व्यवस्था मिलाउन, हाल जारी रहेका सम्पूर्ण खरिदका प्रक्रियाहरु स्थगित गर्न, निर्माण व्यवसायीहरूको रोकिएको रकम तत्काल भुक्तान गर्ने व्यवस्था पनि महासंघले आग्रह गरेको छ ।
निर्माण व्यवसायीहरूले निर्माणकार्यको सम्झौताको समयमा हाल रहेको व्यवस्थाअनुसार पेश गर्नुपर्ने बैंक क्रेडिट लाइनको लागि चाहिने धितो लामो समयसम्म होल्डमा बस्ने र कमिसन पनि अत्यधिक उच्च रहेको र राज्यलाई पनि यसबाट कुनै आम्दानी नहुने भएकोले निर्माण लागत मात्र बढ्न जाने हुँदा क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने महासंघको धारणा छ ।
महासंघ प्रतिनिधिमण्डलले मायाको चिनो प्रदान गर्दै मन्त्री भण्डारीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहाल र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी सहभागी थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया