Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई प्यालिसेड नेपाल भित्रियो

हुन्डाई प्यालिसेड नेपाल भित्रियो


काठमाडौँ ।
हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सिटर प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिक रुपमा सार्वजनिक गर्न लागिएको छ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

नेपाली बजारमा यो एसयूभीको सुरुवाती मूल्य दुई करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयोटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया