सगरमाथा इन्स्योरेन्सद्वारा ११ दशमलव ५७ प्रतिशत लाभांश घोषणा
काठमाडौँ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ लाख २२ हजार नौ सय रुपैयाँमध्येबाट ११ प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोेषणा गरेको हो ।
कम्पनीले मंगलबार भर्चुअलरूपमा बसेको सञ्चालक समितिको तीन सय एकऔँ बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । लाभांश वितरणसम्बन्धी उक्त निर्णय यही असार ३० गते हुने कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३८ रुपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ५६ रुपैयाँ ६३ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया