कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला मछेट्टी बाढीको उच्च जोखिममा रहेको छ । वर्षा सुरु भएसँगै बस्ती किनार भएर बहने खहरे खोलाले कटान तीव्र बनाउँदा खल्ला बाढीको उच्च जोखिममा रहेको हो । महेन्द्रनगर सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको खल्लामा खहरे खोलामा आउने, बाढीले कटान गर्ने क्रम बढ्दै गएपछि स्थानीय समेत चिन्तित भएका छन् ।
‘विगतको वर्षजस्तै यस वर्ष पनि खोलाले कटान सुरु गरेको छ’, स्थानीय रूपसिंह पालीले भने, ‘गाउँबस्तीसँग जोडिएको खोलामा वर्षाको समयमा एकदमै बाढी आउने गर्दछ, वर्षौँदेखि कटान गर्दै आएको खोला नियन्त्रणका लागि कुनै पनि प्रयास भएका छैनन् ।’ चुरे क्षेत्रबाट बगेर आउने खहरे खोलामा कुनै बेला पनि कटान हुनेगरेको छ । कटान हुँदा सय घर परिवार रहेको खल्लाका ७६ परिवार भने कटानको निकै जोखिममा रहेको पालीको भनाइ छ ।
सदरमुकाम क्षेत्रको दुर्गम तथा महाकाली किनारको उक्त गाउँमाथिबाट चुरेले घेरेको छ भने तलतिरबाट महाकाली नदीले घेरेको छ । गाउँका स्थानीयले एकातर्फ महाकालीको कटान तथा डुबानको समस्या भोग्नुपर्छ भने अर्कोतिर चुरे भएर आउने खहरे खोलाको कटान तथा बाढीको समस्या भोग्नुपर्ने बाध्यता रहेको छ । खोला नियन्त्रणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीय बासीन्दाले सधैँ बाढीको क्रासमा चिन्तित हुनु परेको पालीको गुनासो छ ।
विकासको क्षेत्रमा विद्युत्, सडकलगायतको केही पूर्वाधारको पहुँच भएको उक्त क्षेत्रमा सबैभन्दा ठूलो समस्या कटान तथा डुबानको रहेको छ । बस्तीका विभिन्न स्थानमा रहेका खहरे खोला तथा महाकाली नदीले स्थानीय सँगै समग्र बस्तीलाई नै समस्या गरेको स्थानीय अञ्जली बोहराले बताइन् । ‘२०७० सालमा महाकाली नदीले बस्तीका केही घर पनि बगाएको थियो’, उनले भनिन्, ‘महाकालीबाट विस्थापित भएर बसेका परिवार हाल आएर खोलाको बाढीको उच्च जोखिममा रहेका छन् ।’
स्थानीय विद्यालय र मन्दिर पनि जोखिममा भएकोले बस्तीको अस्तित्व समेत कटानले धरापमा पार्नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । अहिले नदीले बस्ती नै बगाएर विस्थापित बनेको केही परिवार विद्यालय तथा स्थानीय मन्दिरको जमिनमा बसोबास गरिरहेका छन् । विगत लामो समयदेखि खोला नियन्त्रणको लागि बस्तीबाट विभिन्न पहल कदमी भएको भए पनि सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको अञ्जलीको गुनासो छ ।
यता भीमदत्त नगरपालिका– ९ ब्रह्मदेव वडा कार्यालयले भने उक्त क्षेत्रमा खोला तथा महाकाली नदी नियन्त्रण गर्नको लागि विभिन्न प्रयास अघि बढाएको भए पनि सफल हुन नसकेको जनाएको छ । नगरपालिकाले वडालाई दिने बजेटको आकार एकदमै सानो हुन्छ, बजेट चाहिएको ठाउँ धेरै हुन्छ’, वडाध्यक्ष राम नाथले भने, ‘बजेट अभावकै कारण स्थानीयका समस्या सामाधान गर्न एकदमै चुनौती छ, संरक्षण गरिएका खोला पनि बजेट अभावका कारण मर्मत गर्न नसक्ने अवस्थामा हामी छौँ ।’
खल्ला मछेट्टी किनार क्षेत्र गरेर ब्रह्मदेव क्षेत्रसम्म झण्डै १० किलोमिटर क्षेत्र बढीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । तर स्थानीय सरकारको बजेटले तटबन्ध पनि निर्माण हुननसक्ने अवस्थामा छ । वडास्थरबाट प्रदेश तथा संघीय सरकारलाई विभिन्न समयामा समस्या सामाधानको लागि पहल कदमी भएको भएपछि खोला तथा नदी नियन्त्रण गर्नको लागि बजेट नपाउँदा समस्या भएको उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया