विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बेलायतमा प्रतिबन्धित
लन्डन । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सलाई बेलायतमा प्रतिबन्ध लगाइएको छ । द फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए)ले उक्त कम्पनीले डिजिटल मुद्रासम्बन्धी कुनै पनि कारोबार बेलायतमा गर्न नपाउने भनेको छ । उसले बाइनान्स डटकमबारे उपभोक्तालाई चेतावनी पपनि जारी गरेको छ । धेरै पैसा आउने लोभमा क्रिप्टो पुँजी लगानी गर्नेहरुलाई त्यसो नगर्न एफसीएले सल्लाह दिएको छ ।
यता बाइनान्सले भने एफसीएको सूचनााले आफ्नो वेबसाइटबाट मिल्ने सेवामा प्रत्यक्ष प्रभाव नपर्ने जनाएको छ । बाइनान्सको अहिलेको क्रिप्टो एक्सचेन्ज बेलायतमा नभएकोले प्रत्यक्ष प्रभाव नपरे पनि उसको वेबसाइट प्रयोग गर्ने बेलायतीमा भने पर्नसक्नेछ । खासगरी उनीहरुलाई क्रिप्टोकरेन्सी किन्न र बेच्न समस्या हुनसक्नेछ ।
यसका बाबजुद एफसीएले क्रिप्टोकरेन्सीहरुमाथि भने प्रतिबन्ध लगाएको छैन । तर एक्सचेन्जहरुलाई भने दर्ता हुन भनेको छ । बाइनान्स अहिलेसम्म एफसीएमा दर्ता भएको छैन । सोही कारण पनि उसले बेलायतमा विनिमय सञ्चालनमा बाइनान्सलाई कडाइ गरेको हो । विश्वभर क्रिप्टोकरेन्सीका विरुद्ध कडा नीति अख्तियार गरिरहेका बेला बेलायती निकायमाथि पनि दबाब परेको थियो ।
बाइनान्स डटकम एउटा अनलाइन केन्द्रीकृत एक्सचेन्ज हो । यसले प्रयोगकर्तालाई वित्तीय उत्पादन र सेवा दिन्छ । यसमा भर्चुअल मुद्राहरुको किन्ने र बेच्नेसम्मको काम हुन्छ । डिजिटल वालेट, फ्युचर, सेक्युरिटी, सेभिङ एकाउन्ट र लेन्डिङलगायतको सेवा यसले उपलब्ध गराइरहेको छ ।
बाइनान्स ग्रुप अहिले केम्यान आइसल्यान्डमा रहेको कम्पनी हो । बाइनान्स मार्केट्स लिमिटेड लन्डनमा आधारित कम्पनी हो । सुरुमा यो ग्रुप माल्टामा रहेको थियो । अहिले भने विश्वका विभिन्न स्थानमा पुगिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया