निसानले बेलायतमा विद्युतीय कार उत्पादन विस्तार गर्ने
लन्डन ।
जापानी सवारीसाधन निर्माता निसानले बेलायतमा रहेको विद्युतीय कार उत्पादन विस्तार गर्ने घोषणा गरेको छ । सन्डरल्यान्डस्थित कार प्लान्ट विस्तारको योजना कम्पनीले बनाएको हो । यसबाट एक हजार छ सय ५० नयाँ रोजगारी सिर्जना हुनेछ ।
एक अर्ब पाउन्ड स्टर्लिङ लगानीको अंगस्वरुप कम्पनीले नयाँ पुस्ताको पूर्ण विद्युतीय मोडलको कार उत्पादन गर्न लागिएको हो । यसको आपूर्ति शृंखलासँगै हजारौाँ रोजगारीमा सहयोग पुग्नेछ । त्यसैगरी निसानकै साझेदार इन्भिजन एईएससीले एउटा ब्याट्री प्लान्ट पनि बनाउने बीबीसीले समाचारमा जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसलाई महत्वपूर्ण क्षण भनेका छन् ।
निसानले नयाँ पुस्ताको पूर्ण विद्युतीय कार उत्पादनमा ४२ करोड ३० लाख पाउन्ड स्टर्लिङसम्म लगानी गर्ने जनाएको छ । द लिफको सफलताले हौसिएको निसानले पूर्ण विद्युतीय कारमा करोडौँ लगानीको घोषणा गरेको हो । नयाँ मोडलको उत्पादनले नौ सय नौ नयाँ रोजगारी तथा आपूर्ति शृंखलामा चार हजार पाँच सयभन्दा धेरै रोजगारी सिर्जना हुनेछ ।
अन्य उत्पादनस्थलबारे अहिले निश्चित नभइसकेको बताइएको छ । यता इन्भिजनको नयाँ गिगाफ्याक्ट्रीले निसानका एक हजार कारलाई प्रतिवर्ष ब्याट्री उपलब्ध गराउनेछ । यसबाट पनि सात सय ५० नयाँ रोजगारी सिर्जना गर्नेछ । नयाँ प्लान्टबाट सन् २०२४ सम्ममा उत्पादन सुरु हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया