‘बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु’
काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताए ।
सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उनले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने दाबी गरे । कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न उनले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताए । कार्यसम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको उनको भनाइ थियो ।
राजस्व सचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताए । उनले कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिस्पर्धाको भावना बढाउन भएकाले सोहीअनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिए । महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्यसम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरु पूरा गर्ने बताए ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरुसँग छलफल गरिएको तथा आवश्यक निर्देशिकाहरु निर्माण भइरहेको जानकारी दिँदै कार्यसम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थसचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्यसम्पादन सम्झौता गरेका थिए । यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्यसम्पादन सम्झौता गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया