Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढीपहिरोका कारण बीमा कम्पनीहरूमा भुक्तानी दायित्व बढ्यो

बाढीपहिरोका कारण बीमा कम्पनीहरूमा भुक्तानी दायित्व बढ्यो

२० निर्जीवन बीमा कम्पनीमा प-यो एक अर्ब ९२ करोडको मागदाबी


काठमाडौं । 
प्राकृतिक प्रकोपसँगै बीमा कम्पनीहरूको भुक्तानी दायित्व बढेको छ । बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार हालैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत बीमितहरूबाट २० वटै बीमा कम्पनीहरूसँग कुल एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रुपैयाँ मागदाबी परेको हो ।

विभिन्न कम्पनीहरूबाट संकलन गरिएको तथ्यांकअनुसार अविरल वर्षा सुरु भएयता अर्थात् यही असार २३ गते बुधबारसम्ममा विभिन्न शीर्षकमा एक सय ३१ वटा मागदाबी परेका छन् । ‘सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपक्षी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमाअन्तर्गत बीमितहरूबाट कुल तीन सय ३१ वटा बीमाको मागदाबी परेको हो’, प्रवक्ता पौडेलले भने ।

उनका अनुसार सबै निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल बीमा मागदाबीमध्ये एक सय ४१ वटा सम्पत्ति बीमाको बीमा मागदाबी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको मागदाबी चार करोड ७५ लाख ८७ हजार, पाँच वटा सामुद्रिक बीमाको मागदाबी १९ लाख ८१ हजार, छवटा कृषि बीमाको मागदाबी एक करोड ६२ लाख, पाँचवटा पशुपक्षी बीमाको मागदाबी दुई करोड ३८ लाख ५९ हजार र विविधतर्फ दुईवटा बीमाको मागदाबी एक करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी इन्जिनियरिङ बीमातर्फ हालैको बाढीपहिरोबाट क्षति भएका एक सय सात वटा निर्माणाधीन आयोजनाको मागदाबी ९० करोड सात लाख ३४ हजार, आठवटा निर्माणसम्पन्न आयोजना बीमाको मागदाबी ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्ट बीमाको मागदाबी आठ करोड ८४ लाख ३६ हजार र अन्य छवटा बीमाको मागदाबी एक करोड ५३ लाख तीन हजार रुपैयाँ रहेको पनि प्रवक्ता पौडेलले बताए ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया