सिभिल लघुवित्तको नयाँ शाखा रूपन्देहीको देवदहमा
काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले रूपन्देही जिल्लाको देवदहमा थप एउटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरूमार्फत लघुवित्तीय सेवाहरू प्रदान गर्नेछ ।
‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरूको समृद्धिमा टेवा पु-याउने उद्धेश्यका साथ आफ्नो सेवाहरू ५० हजार घरपरिवारमा पु-याएको छ । वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिहरूलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरूलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पु-याउदै आइरहेको छ ।
साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरू उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरू समेत उपलव्ध गराउँदै आइरहेको छ । यसैगरी संस्थाले सदस्यहरूलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इ–सेवामार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया