लक्ष्मी बैंकको एक सय ३०औँ शाखा बुढानिलकण्ठको गणेश चोकमा
काठमाडौं ।
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो एक सय ३०औँ शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा एक सय ३० शाखा, छवटा एक्सटेन्सन काउन्टर र पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ५९ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।
यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नोे ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया