भारतीय अनुसन्धान अधिकारीलाई फ्लिपकार्टको आग्रह : अमेजनलाई जस्तो व्यवहार नगरियोस् !
नयाँ दिल्ली । सुपरमार्केट चेन वालमार्टको कम्पनी फ्लिपकार्टले प्रतिस्पर्धी कम्पनी अमेजनलाई जस्तो व्यवहार नगर्न भारतीय सरकारी अनुसन्धान अधिकारीलाई आग्रह गरेको छ । कम्पनीविरुद्ध सरकारी अधिकारीले धोखाधडी र प्रतिस्पर्धाविरोधी कामका लागि अनुसन्धान अघि बढाउनलागेका बेला दुई कम्पनी बिल्कुलै फरक भएको भन्दै फ्लिपकार्टले उक्त आग्रह गरेको रोयटर्सले जनाएको छ ।
अमेजन र फ्लिपकार्ट दुवैले भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) विरुद्ध अदालतमा चुनौती दिएका छन् । उनीहरूले सरकारी अनुसन्धान अघि बढ्ने भारतीय अदालतको जुनको आदेश उल्ट्याउन पनि माग गरेका छन् । दुवै कम्पनीले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
भारतीय सरकारले दुवै अमेरिकी कम्पनीविरुद्ध अनुसन्धान गरिरहेको छ । दक्षिणी भारतीय राज्य कर्णाटकको एउटा अदालतमा फ्लिपकार्टले सीसीआई र अदालतले तथ्य बंग्याएको बताउँदै दुई कम्पनी फरक भएको दाबी गरेको छ । दुई कम्पनीलाई डरलाग्दो प्रतिस्पर्धीका रुपमा लिइएकोमा समेत फ्लिपकार्टले आपत्ति जनाएको छ । भारतीय अदालतले आगामी केही दिन लिखित आदेश दिनसक्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया