काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विनोद कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी श्रेष्ठलाई भक्तपुरको काँडाघारीबाट सोमबार पक्राउ गरिएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ स्थायी घर भएका ५६ वर्षीय श्रेष्ठउपर सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको छ । ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगञ्जबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिवादी श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको, प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।
प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगञ्जबाट वि.सं. २०७७ फागुन १२ गते प्रतिवादी श्रेष्ठको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया