सहकारीहरूले नाफाको लागि नभई उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले नाफाको लागि नभई उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारीका साथै लघुवित्त क्षेत्रले पनि जोड दिनुपर्ने बताए । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने उनले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ मा उनले सहकारीहरूले उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने बताए । त्यसैले सहकारी संस्थाहरूहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने उनको सुझाव थियो । साथै उनले सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाउँ–गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको जानकारी दिए ।
यस्तै शर्माले सहकारी बैंकका चेक क्लीयरिङ नहुने नियम खारेज गर्ने बताए । यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने जानकारी दिए । ‘गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ’ उनले भने । उनले कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । मंगलबार सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ बुधबारसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ भने भर्चुअल माध्यमबाट छ सयभन्दा बढीको सहभागिता रहेको आयोजक राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया