राज्यले निर्माण व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन सकेन : महासंघ
काठमाडौं, माघ ९
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राज्यले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् । हालै सम्पन्न महासंघको २१औं साधारणसभा तथा नेपाल बिल्डटेक एक्स्पोका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले राज्य निर्माण व्यवसायीहरुलाई सुरक्षा दिन असफल भएको बताएका हुन् ।
‘विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करिब २० करोडभन्दा बढीको उपकरणमा आगजनी गरिएको छ’, अध्यक्ष सिंहले भने । मुलुकभित्र निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नै नरहेको उनको भनाइ छ । राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेकाले काम गर्ने वातावरण नरहेको अध्यक्ष सिंहले बताए ।
महासंघका सल्लाहकार रमेश शर्माले असुरक्षाका कारण साइटमा मजदुरहरु बस्नसक्ने अवस्था नरहेको बताए । महासंघको २१औं साधारणसभाले ३० बुँदे घोषणापत्र जारी गर्दै पूर्वाधारमैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने ठहर गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजस्व, प्रतिबद्धता कार्यान्वयन, व्यावसायिक प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यावसायिक सुदृढीकरणसम्बन्धीलगायतका बुँदाहरुमा समेटिएको छ ।
महासंघको साधारणसभा सँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा सम्पन्न नेपाल बिल्डटेक एक्स्पो २०२० करिब पाँच हजारले अवलोकन गरेको महासंघले जनाएको छ । महासंघले आफ्नो इतिहासमा पहिलोपटक आयोजना गरेको यस एस्क्पोमा करिब दुई अर्बबराबरको प्रतिबद्घतासहितको कारोबार भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया