मजदुरले पाँच महिनादेखि पारिश्रमिक पाएनन्
महेन्द्र शाही
सोलुखुम्बु, माघ ९
सोलुकरिडोरका मजदुरले ५ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन । करिडोरअन्तर्गतको उदयपुर कटारी क्षेत्रमा काम गरेका मजदुरले काम गरेको पाँच महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । करिडोरको ४३ नम्बर पोलमा काम गरेका ४३ जना मजदुरले सात लाख बढी पारिश्रमिक पाउन बाँकी रहेको बताएका छन् । पीडितमध्येका कैलाश खड्काले आफ्नो एक लाख २१ हजार रुपैयाँ पाउन बाँकी रहेको बताए ।
पारिश्रमिक नपाउँदा दशैँ, तिहारजस्ता चाडपर्व मनाउन समस्या भोगेका मजदुरले अझै पनि पारिश्रमिक पाउन आशामा बसिरहेका छन् । काम लगाउने ठेकेदारको मृत्यु भएपछि श्रमिकले पारिश्रमिक नसकेको मजदुर कैलाश खड्काले जानकारी दिए । जाडो, घाम पानी नभनेर काम गरिएको र अहिले पारिश्रमिक नपाउँदा दुःख लागेको मजदुरको भनाइ छ । यस विषयमा प्रहरीकोमा उजुरी गरिएको भए पनि कुनै न्याय पाउन नसकेको उनीहरुले बताएका छन् । प्रहरीले समेत ठेक्केदारको मृत्युपछि पारिश्रमिक पाउने आधार नभएको बताएपछि मजदुर निराश बनेका छन् ।
श्रम गरेर गुजारा चलाउनुपर्ने मजदुरले पारिश्रमिक नपाउँदा दैनिकी कष्टकर भएको अर्का मजदुर टेक प्रसाद खनालको भनाइ छ । यता सगरमाथा निर्माण कम्पनीका पेटी ठेकेदार सुरेन्द्र ढकालले श्रमिकहरु सम्पर्कमा नै नआएको बताएका छन् । उक्त निर्माणको जिम्मा सुरेन्द्र ढकालबाट मृतक प्रकाश केसीले लिएको बताइएको छ । उक्त निर्माणकार्य एकपछि अर्को हुँदै तीन जना ठेकेदारकोमा पुगेकाले मजदुर पीडित बन्नपुगेका हुन् । मृतक प्रकाशले निर्माण कम्पनीबाट १७ लाख २० हजार रकम बुझिसके पनि मजदुरसम्म पुग्न नसकेको ढकालको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया