भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर
नयाँ दिल्ली, माघ १२
भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो ।
दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका मान्य हुनेछ । ब्राजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन् । दुवै पक्षले आपराधिक गतिविधिमानियन्त्रणका लागि कानुनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ । भारत भ्रमणमा रहेका ब्राजिलियाली राष्ट्रपति बोल्सानारो र भारतीय विदेश मन्त्री एस जयशंकरबीच पनि यसअघि शुक्रबार भेटवार्ता भएको थियो ।
भेटपछि विदेशमन्त्री जयशंकरले ट्विटमा लेखेका छन्, ‘ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई गणतन्त्र दिवस २०२० का अवसरमा प्रमुख पाहुनाका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले हाम्रो द्विपक्षीय सहयोगका लागि नयाँ अवसरहरू खुला गर्नेछ । योे विश्वव्यापी सन्तुलनको संकेत पनि हो ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया