‘क्यालिब्रेसन फ्लाइट’का लागि थाइल्यान्डपछि भारतसँग वार्ता
काठमाडौं । निर्माणसम्पन्न चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’को प्रतीक्षामा छ । ‘क्यालिब्रेसन फ्लाइट’ भएको करिब तीन महिनापछि भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान खुला गर्ने नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । राडार र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्नको लागि ‘क्यालिब्रेसन फ्लाइट’ गरिन्छ ।
विमानस्थलमा सकेसम्म छिटो ‘क्यालिब्रेसन फ्लाइट’का लागि प्राधिकरण लागिपरेको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । ‘क्यालिब्रेसन फ्लाइट’कै लागि पहिलो चरणमा थाइल्यान्डको कम्पनी ‘एरोथाई’सँग कुराकानी अघि बढाएका थियौँ । उनीहरुले ‘क्यालिब्रेसन फ्लाइट’ नमान्दा हामीले नयाँ कम्पनी खोज्नुपरेको हो’, प्रवक्ता क्षेत्रीले आर्थिक दैनिकसँग भने, ‘अहिले हामी भारतसँग छलफल अघि बढाएका छौँ । सम्झौता छिटै गर्छौँ ।’
उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षण गर्न ‘क्यालिब्रेसन फ्लाइट’को लागि विदेशबाट विशेष वायुयान तथा दक्षविज्ञ आउन नसकेकोले भारतको ‘एयरपोर्ट्स अथोरिटी अफ इन्डिया’सँग प्रस्ताव प्राप्त गरी नेपाल सरकारको स्वीकृतिको लागि पठाइएको छ । ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको करिब तीन महिनापछि विमानस्थल उडान सञ्चालनको लागि योग्य हुनेछ । ‘क्यालिब्रेसन फ्लाइट’पश्चात् परीक्षण उडान सम्पन्न गरी विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि खुला गरिने उनको भनाइ छ ।
विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत तथा वित्तीय प्रगति भने ७७ प्रतिशत रहेको क्यालने जानकारी दिएको छ । भौतिक प्रगति अन्तिम चरणमा रहँदा पूर्वाधार निर्माण सम्पन्न भई फिनिसिङको काम भइरहेको छ । विमानस्थलमा जडान गर्नुपर्ने रन वे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन उपकरणहरु, ब्यागेज ह्यान्डलिङ सिष्टम, एक्स–रे आदि यन्त्र उपकरण जडान कार्य सम्पन्न भइसकेको छ ।
विमानस्थलमा ‘क्याटगोरी आइएक्स’को अग्नि निवारण तथा जीवनोद्धार सेवाको लागि आधुनिक दमकल तथा एम्बुलेन्स ल्याइसकिएको छ । नेपाल सरकार, एसियाली विकास बैंक र क्यानले आयोजनालाई असफल हुन नदिन हदैसम्मको लचकता अपनाई सहजीकरण गरिदिएको कराण हाल निर्माणसम्पन्नको चरणमा पुगेको क्यानको भनाइ छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत छ ।
निर्धारित समयभन्दा छ महिनाअघि सम्पन्न हुने गरी कार्य भइरहेको सो आयोजना कोभिड १९ का कारण पछाडि धकेलिएको थियो । विमानस्थल निर्माणका लागि विदेशी जनशक्ति आउन नसक्दा जुलाई २०२१ भन्दा करिब एक वर्ष पछाडि धकेलिन पुगेको क्यानले जनाएको छ ।
क्यानले निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनको निम्त्ति सञ्चालन तयारी कार्यदल गठन भई कार्यरत रहेको समेत जनाएको छ । चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री जडान कार्य सम्पन्न हुनलागेको छ । यसअघि विमानस्थलका लागि आवश्यक धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन सजावट, ह्यांगर एप्रोन, ट्याक्सी पार्किङ, आइसोलेटेड पार्क, सडकको निर्माणकार्य सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया