सेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खाता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट खाता सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टको शुभारम्भ गरेको हो । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक पाँच दशमलव ५० प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।
यो खातामा अन्य बचत खातामा भन्दा एक प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध गरिएको बैकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरूको व्यवस्था गरिएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरूले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट खोल्ने सुबिधा लिन सकिनेछ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया