खेमराज अधिकारी
खोटाङ, माघ १३
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएपछि आवतजावतमा सहज भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदे कुनाइघाट र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोशी नदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।
सस्पेन्सन ब्रिज डिभिजन (एसवीडी) पुलचोक काठमाडौँको एक करोड नौ लाखमा निर्माण गरिएको एक सय ५८ मिटर लामो पुल शुक्रबार पूर्वसभासद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन् । हालसम्म डुङ्गा सञ्चालन हुँदै आएको सो स्थानमा झोलुङ्गे पुल सञ्चालन भएपछि स्थानीय हर्षित बनेका छन् । पूर्वसभासद राईकै पहलमा झोलुङ्गे पुल निर्माण गरिएको नेकपा जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य खडेन्द्र राईले बताए ।
२०७४ सालमा जगदम्बा निर्माण सेवा हलेसीले पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण सम्पन्न भएपछि आठ घन्टा पैदल हिँडेर दुर्छिम र लिम्चुङबुङ आवतजावत गर्नुपर्ने स्थानीयको समस्यासमेत हल भएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाइटार चिपटारमा पनि झोलुङ्गे पुल निर्माणाधीन छन् । कुर्लेघाट र बाइसेको पुल पनि केही दिनपछि सञ्चालनमा आउने जनाइएको छ भने भाडबेसीको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया