संगठित अपराध मुद्दामा फरार व्यक्ति पक्राउ
पर्सा । विष्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगञ्ज महानगरपालिका–२४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साउन २४ गते बेलुकी वीरगञ्ज महानगरपालिका–४ स्थित बिर्ता बजारमा तथा सोही महिनाको २८ गते बेलुकी सोही महानगरपालिका–८ घण्टाघरनजिक तरकारी बजारमा सुतली बम पड्काई भयत्रास फैलाएको तथा वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्क्याउने समेतका आपराधिक कार्यका उनी मुख्य योजनाकार थिए ।
सोही अपराधमा संलग्न वीरगञ्ज महानगरपालिका–२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बमसहित पक्राउ भएकोमा जिल्ला अदालत पर्साबाट विष्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराधअन्तर्गत कसुरमा जनही दुई वर्ष छ महिना कैद र २५ हजार जरिवाना फैसला भई कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेको र फुलहसन अन्सारीको हकमा मुद्दा मुल्तबी रहेको थियो ।
उनी भारतको मुजफ्फरपुरमा पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको, बेलाबखत रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा घटना घटाउने योजना बनाएको भन्ने जानकारीको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज रामगढवास्थित उनकै घरतर्फ आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
फुलहसन यसअघि २०६५ पुस ७ गते वीरगंज उपमहानगरपालिका–१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको घटनामा पक्राउ परी अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएकोमा २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया