चीनमा १ खर्ब ३७ अर्ब डलर एफडीआई भित्रियो
बेइजिङ, माघ १३
विश्वमा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देशमा चीन दोस्रो स्थानमा रहन सफल भएको छ । सन् २०१९ मा चीनले ५.८ प्रतिशतले एफडीआई बढाएको छ । गत वर्ष चीनले १ खर्ब ३७ अर्ब अमेरिकी डलर एफडीआई संकलन गरेको सिन्ह्वाले जनाएको छ । वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष चीनमा ४० हजार नयाँ व्यवसाय स्थापना भएका छन् । उपवाणिज्यमन्त्री क्वियान केमिङका अनुसार गत वर्ष ८ सय ३४ वटा १० करोड डलरमाथिको लगानीका परियोजनाहरु आएका छन् । जुन सन् २०१८ को तुलनामा १५.८ प्रतिशतले बढी हो । सिन्ह्वाका अनुसार बढीजसो लगानी हाइटेक क्षेत्रमा आएको थियो ।
उक्त क्षेत्रमा वर्षगत तुलनामा सन् २०१८ भन्दा २५.६ प्रतिशतले बढेको छ । यसमा कुल एफडीआईको २८.३ प्रतिशत हिस्सा छ । सन् २०१९ मा सिंगापुरबाट ५१.१ प्रतिशतले, नेदरल्यान्डबाट ४१.१ प्रतिशतले र दक्षिण कोरियाबाट २१.७ प्रतिशतले एफडीआई भित्रिएको छ । खासगरी पाइलट फ्रि ट्रेड जोन्सले लगानी आकर्षण बढाएको बताइएको छ । १८ वटा यस्ता क्षेत्रमा ६ हजार २ सय ४२ वटा विदेशी इन्टरप्राइजेज स्थापना भएको बताइएको छ । यस्ता क्षेत्रमा एफडीआई १ खर्ब ४३ अर्ब युआन भित्रिएको छ । यो भनेको कुलमध्ये १५ प्रतिशत लगानी हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया