बाइनान्समा ‘इन्साइडर ट्रेडिङ’ अनुसन्धान गर्दै अमेरिका
अमेरिका । अमेरिकी अधिकारीहरुले बाइनान्समा सम्भावित भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र बजार चलखेलबारे अनुसन्धान गरिरहेका छन् । ब्लुमबर्ग न्युजका अनुसार क्रिप्टोकरेन्सी एक्सचेन्ज हुने बाइनान्स पछिल्लो समय धेरै देशमा नियामकीय अधिकारीको तारो बन्दै आइरहेको छ । सरकारी अधिकारीहरुले बाइनान्स वा यसका कर्मचारीले ग्राहकबाट फाइदा लिए नलिएको अनुसन्धान गरिरहेको ब्लुमबर्गले स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाएको छ ।
यता बाइनान्सले भने आफूहरुले भित्री कारोबारबारे शून्य सहनशीलताको नीति लिएको र ग्राहक वा क्रिप्टो उद्योगलाई असर गर्ने कुनै पनि आचारसंहिता उल्लंघनका क्रियाकलापलाई बढावा नदिएको एक वक्तव्यमा जनाएको छ । कम्पनीले बेलायत, जर्मनी र जापानमा समेत वित्तीय वाचडगहरुबाट अनुसन्धानको चेतावनी पाइसकेको छ । क्रिप्टोको प्रयोग सम्पत्ति शुद्धीकरणमा जोडिएको हुनसक्ने र यसले उपभोक्तालाई नोक्सानी पु-याउनसक्ने भएकाले ती देशमा बाइनान्सविरुद्ध अनुसन्धानको चेतावनी आएको हो ।
बाइनान्सको होल्डिंग्स कम्पनी केम्यान आइल्यान्डमा दर्ता छ । खासगरी कमोडिटी प्mयुचर्स ट्रेडिङ कमिसन (सीएफटीसी) का अनुसन्धानकर्ताहरुले बितेको हप्ता यससम्बन्धी उजुरीकर्तालाई भेट्नथालेका थिए । यद्यपि बाइनान्सले गलत गरेको अहिलेसम्म पुष्टि भएको छैन भने यसविरुद्ध आधिकारिक कारबाही पनि नहुनसक्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया