चीनले विदेशमा कोइलामा आधारित परियोजना नबनाउने
बेइजिङ । विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भने, ‘विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्नेछैनन् ।’
चीनले इन्डोनेसिया, भियतनामसहितका देशमा कोइलाखानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो । पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया