ग्यास्ट्रिकको समस्या भएकाले नर्भिकमा फ्री ओपीडी सेवा पाउने
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।
उक्त दिन नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरूले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया