एक्सेल डेभलपमेन्ट बैंकको २४ करोड ३३ लाख रुपैयाँबराबरको हकप्रद
काठमाडौं । कृषि विकास बैंकले २४ करोड ३३ लाख ३६ हजार तीन रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकका कायम रहेको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ रुपैयाँमध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २४ लाख ३३ हजार तीन सय ६३ कित्ता हकप्रद सेयर जारी गर्न लागिएको हो ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको बैैंकको हकप्रद सेयरको बिक्री यही असोज २५ गते सुरु भई कात्तिक १४ गते समाप्त हुुनेछ । अधिकृत पुँजी एक अर्ब ५० करोड, जारी पुँजी एक अर्ब सात करोड ३६ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब पाँच करोड ४४ लाख ५७ हजार चार सय रुपैयाँ पुुग्नेछ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा १३ करोड ७० लाख ५४ हजार एक सय ३२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ११ अर्ब ३९ करोड ६९ लाख ४५ हजार छ सय ३२ रुपैैयाँ निक्षेप संकलन गरी नौ अर्ब २० करोड १४ लाख १४ हजार आठ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ११ लाख ८० हजार चार सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने नौ करोड ९६ लाख ६९ हजार सात सय ५६० रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले १० अर्ब १४ करोड ११ लाख ७४ हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८० करोड ९१ लाख ४९ हजार ५० रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ करोड आठ लाख ३७ हजार दुई सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव पाँच प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया