किन भागिन् निगमकी फाइनान्स डाइरेक्टर खड्का ?
काठमाडौं । नेपापल वायुसेवा निगमकी फाइनान्स डाइरेक्टर अनिशा खड्काले कार्यालयबाट मोबाइल फोन स्विचअफ गरेर भागेर बसेपछि आइतबार पनि निगमका कर्मचारीले तलब लिन पाएनन् । झण्डै तीन महिनादेखि कर्मचारीले कार्यालयमा छिर्न नदिएपछि मन्त्रालय र रेष्टुरेन्टतिर हल्लिँदै दिन बिताइरहेका निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलको सहमतिविना नै आइतबार निगमका कर्मचारीले तलब खाने तयारी गरेपछि पौडेलको रक्षाकवच बन्दै आएकी फाइनान्स डाइरेक्टर खड्का आइतबार कार्यालयबाट भागेर फोन स्विचअफ गरेर बसेकी हुन् ।
गत ६ गते निगमका तीनवटै युनियनको संयुक्त अगुवाइमा निगमका सबै डाइरेक्टरहरुलाई एक्जुकेटिभ हलमा बेलुका साढे ८ बजेसम्म थुनेर कर्मचारीले आइतबार तलब खुवाउने समझदारीपत्रमा हस्ताक्षर गराएका थिए । उक्त समझदारीपत्रमा हस्ताक्षर नगरी त्यहाँबाट भागेका दुई जना डीएमडीहरु गणेशबहादुर चन्द र केबी थापाको घर भोलिपल्ट घेराउ गरी निगमका कर्मचारीले उनीहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरु पनि उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न बाध्य भएका थिए र भोलिपल्ट शुक्रबारका दिन उनीहरुले त्यसरी घरमै गएर नाराबाजी नगरेको भए हुने थियो भनी कर्मचारीसँग प्रतिष्ठामा आघात परेको गुनासो गरेका थिए ।
निगमलाई अमुक व्यक्तिलाई जिम्मा लगाएर करोडौँ हात पार्ने गरी कम्पनीमा बदल्ने दुष्प्रयास गरेपछि कर्मचारीले निगम छिर्न प्रतिबन्ध लगाएका महाप्रबन्धक पौडेलले कर्मचारीले आफैँ तलब खाने तयारी गरेपछि पर्यटन मन्त्रालयमा गएर सचिव यादव कोइराला र सहसचिव बुद्धिसागर लामिछानेसँग खुसामद गरी कर्मचारीलाई सोमबार तलब खुवाउने वक्तव्य जारी गरेका थिए । सो वक्तव्यलाई प्राथमिकता दिएर फाइनान्स डाइरेक्टर खड्काले आइतबार कर्मचारीलाई तलब नदिन अफिसबाट भागेर मोबाइल स्विच अफ गरेर बसेकी हुन् ।
विगत तीन महिनादेखि अफिसलाई गोजीमा हालेर हिँडेका कर्मचारी र संस्थाको हितविरोधी महाप्रबन्धक पौडेलको तावेदारी गर्दा फाइनान्स डाइरेक्टर खड्का, उनलाई उकास्ने कमर्सियल डाइरेक्टर जनकराज कालाखेती र अप्रेसन डाइरेक्टर क्याप्टेन दीपुराज ज्वार्चनले कुन दुर्गति भोग्नुपर्ने हो त्योचाहिँ प्रतीक्षाको विषय बनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया