Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका फरार प्रतिवादी संगत पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी संगत पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार काठमाडौं महानगरपालिका–६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उनलाई उक्त फैसला गरेको थियो । पक्राउ परेका संगतलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया