नेपाल उद्योग परिसंघमा कृषि विकास परिषद् गठन
काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् ।
परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउनेछ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यो परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु-याउन सहजीकरण गर्नेछ ।
पहिलो चरणमा नमूनास्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषद्को छ । परिषदको सदस्यहरूमा पवनकुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली रामशर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया