समय् फल्चा मासेर बनाइएको लालीगुराँस सहकारी छिर्ने बाटो बन्द
ललितपुर। ऐतिहासिक सम्पदा समय् फल्चा खाने दाउ गर्दा ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणका क्रममा सहकारीको मूल प्रवेशद्वार नै बन्द गरिएको हो ।
२ सय ६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले निरन्तर अवरोध गरेपछि मूलद्वार नै बन्द गरेको हो । समितिले मंगलबार ललितपुर नगर प्रहरी र स्थानीय प्रहरीको उपस्थितिमा सहकारीको भवनको पूर्वतर्फ रहेको प्रवेशद्वार बन्द गराएर जस्ताले बारेको हो ।
सहकारीको भवनअगाडि रहेको समय् फल्चाको १ आना १ पैसा सरकारी जग्गा जस्ताले बेरबार पारिएसँगै सहकारीको भवन प्रवेशमा अवरोध भएको छ । यसअघि गत असोज ११ गते उच्च अदालत पाटनको पछिल्लो आदेशका आधारमा फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको प्रवेशद्वारमै जस्ताले बाटो बन्द गराएर फल्चा निर्माण थालेको थियो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कर्मचारीलाई फल्चा निर्माणमा अवरोध गर्न खटाएपछि पुल्चोकबासीले गेट नै बन्द गरेर बार लगाएका थिए । सहकारीले भवनको नक्सा पास गराउँदा समेत उत्तरतर्फ ढोका र बाटो बनाउने उल्लेख छ । तर, स्वीकृत नक्साबेगर सहकारीले पूर्वतर्फ सटरसहित ढोका बनाएर लालीगुराँस डेरी र होमप्रो फर्निसिङ सञ्चालन गर्दै आएको छ ।
एक हप्ताअघि स्थनीयवासीले बारबेर गरेर सहकारीका कर्मचारीलाई समेत लखेटेका थिए । घटनास्थलबाट फरार रहेका सीईओ भण्डारी सीडीओ कार्यालय पुगेर आश्रय लिएका थिए । सीडीओ घनश्याम उपाध्यायले वार्ताका लागि भन्दै मेयर चिरिबाबु महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनलाई कार्यालयमा बोलाएका थिए । कार्यालयमा भएको छलफलमा भण्डारीले पूर्वतर्फबाट प्रवेशद्वार दिन अनुनय गरेका थिए । उनको प्रस्तावमा मेयर महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविनले असहमति जनाएपछि सीडीओले नै अनुनय गरेका थिए ।
सीडीओ उपाध्यायको अनुनयकै कारण भण्डारीले सातदिने अल्टिमेटम पाएका थिए । सोही सातदिने अल्टिमेटम मंगलबार सकिएपछि फल्चा निर्माण उपभोक्ता समितिले मूल प्रवेशद्वारमा जस्ताले बार लगाएको हो । अगाडिको ढोकामा जस्ताले बार लगाएपछि सहकारीको भवन प्रवेश गर्न पछाडिको ढोका प्रयोग गर्न थालिएको छ । सहकारीले पछिल्लो समय बचत रकम फिर्ता माग्नेहरुको लाइन बढ्न थालेपछि उत्तरतर्फबाट वैकल्पिक बाटो बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया