सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ३३ लाख राजस्व संकलन
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा ३३ लाख ६८ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट सो राजस्व संकलन गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार तेस्रो मुलकका पर्यटकबाट २६ लाख १३ हजार, सार्क मुलकका पर्यटकबाट छ लाख ७८ हजार र नेपालीबाट ७७ हजार आठ सय रुपैयाँ संकलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार, सार्क मुलुकका पर्यटकलाई एक हजार पाँच सय रुपैयाँ र नेपालीलाई एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन् । खुम्बु आउने पर्यटकको सहजताका लागि काठमाडौँको भृकुटीमण्डपमै पनि राजस्व तिर्नसक्ने व्यवस्था गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
असोज महिनामा भृकुटीमण्डपबाट ४४ जना विदेशी पर्यटकले निकुञ्ज प्रवेशका लागि शुल्क तिरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको असोजमा एक सय ४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए । अघिल्लो वर्ष कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि विस्तारै लयमा फर्किनथालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया