सिटिजन लाइफले सप्ताहव्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वार्षिकोत्सव मनाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यका साथ अघि बढ्दै सफलताको चौथो वर्ष पूरा भएको सुखद अवसरमा, सम्पूर्ण ग्राहक वर्ग, व्यावसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, सेयरधनीहरू, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी व्यावसायिक साझेदारहरू, कर्मचारीहरूलगायत सबै शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीहरूलाई पोसाक, पुस्तक, स्टेस्नरीलगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रममार्फत सो गतिविधिहरूलाई निरन्तरता दिइने जनाएको छ ।
सञ्चालक समितिका सदस्यहरू, कर्मचारी तथा सिटिजन लिडरहरूको उपस्थितिमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष प्रदिपजङ पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु-याउन प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग पु-याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।
साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शनअनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया