Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि : चिनी आयात गर्दै आएका व्यवसायीद्वारा कार्टेलिङ

चाडपर्वको मुखमा चिनीको मूल्य वृद्धि : चिनी आयात गर्दै आएका व्यवसायीद्वारा कार्टेलिङ


विराटनगर । चिनीको व्यापारमा सक्रिय हुँदै आएका विराटनगरका चिनी व्यवसायीहरूले नेपालीहरूको महान् चाडपर्वको मुखमा आएर चिनीको हाहाकार मच्चाएर मूल्यवृद्धि गर्ने गरेका छन् । सरकार परिवर्तनसँगै विराटनगरका व्यापारी समूहको उच्च घरानामा रहेको गोल्छा समूह र विशाल ग्रुपले कृषि मन्त्रालयलाई आर्थिक प्रलोभनमा पारी चिनीमा सेन्डिकेट लगाउने प्रयास गरेका थिए । तर उनीहरूको उक्त प्रयास असफल भएसँगै उनीहरूले अहिले चाडपर्वको मौका छोपी चिनीको हाहाकार मच्चाएर मूल्यवृद्धि गर्न थालेका छन् ।

व्यपारीहरूले चाडपर्वको मुखमा चिनीको कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि गरेको सरोकारवालाहरूले जानकारी दिएका छन् । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन चिनी व्यवसायीले सहुलियत दरको चिनी आयात खुला गर्न अर्थ मन्त्रालयमा व्यापक दबाब दिँदा समेत सरकारले सहुलियतमा आयात हुने चिनी आयातको कोटा नदिएको भन्दै व्यवसायीले नै चिनीको हाहाकार मच्चाएर चिनीमा कालोबजारी गरेको खुद्रा व्यवसायीहरूको दाबी छ ।

चाडबाडका मुखमा व्यवसायीहरूले सरकारलाई दबाब दिने नाममा कृत्रिम अभाव सृजना गरेको आरोप खुद्रा व्यवसायीले लगाएका छन । चिनीका कारोबारीहरूले साल्ट ट्रेडिङले सरकारलाई आफूसँग भएको मौजात चिनीले १५ दिन धान्न पनि नसकिने जवाफ दिँदादिँदै पनि सरकारले चिनी आयातको कोटा वितरण नगरेको भन्दै सरकारलाई नै अप्ठ्यारो बनाउनका लागि चिनी माफियाहरू ब्रम्हलुट मच्चाउन उद्यत रहेको उपभोक्ताहरूको गुनासो छ । समाचर स्रोतका अनुसार चाडबाड आउनुभन्दा करिब दुई तीन महिना पहिले नै चिनी व्यवसायीहरूले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्याण्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेटस आदि मुलुकबाट चिनी आयत गरी स्टोर गरेर राखेको दाबी स्रोतहरूले गरेका छन् ।

स्रोतले दिएको जानकारीअनुसार विराटनगरबाट चिनीको आयात गर्ने व्यवसायीहरू लामो समयदेखि चिनी, सुपारी, मटर र मरिचको आयातमा संलग्न हुनेगरेको छ । विराटनगरबाट चिनीको आयात गर्दै आएका मध्ये अरविन्द स्टोर्स, विजयदीप इन्टरनेसनल र एसबी एन्ड सन्सले चिनीको आयात तीव्र रूपमा गर्दै आएको दाबी पनि व्यवसायीहरूले नै गर्न थालेका छन् । यी व्यवसायी फर्महरू विराटनगरबाट लामो समयदेखि समयअनुकूलको कारोबार गरी कमाउन सक्रिय रहेको जानकारी पनि व्यवसायीले दिएका छन् । यो समूहमा एक जना मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत संलग्न रहेको रहस्य स्रोतहरूले खोलेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया