कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन
काठमाडौं, माघ १६
कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले एक अर्ब ३० करोड मूल्यबराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् । बैंकका अनुसार एक अर्ब २० करोड मूल्यबराबरको १२ लाख (४० प्रतिशत) एकाइ माग गरिएकोमा एक लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि तीन अर्ब रूपैयाँबराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो । बैंकले एक हजार रूपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याज भुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावा १० वर्षपछि अर्थात् २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया