सिद्धार्थ बैंकको चेक किर्ते गरी २० लाख रुपैयाँ निकाल्ने पक्राउ
काठमाडौँ, माघ १७
सिद्धार्थ बैंकको चेक किर्ते गरी रकम निकाल्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुुसार कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार नौ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार नौ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाइराखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया