नागरिक लगानी कोषका अध्यक्ष भट्टराईको बिदाइ
काठमाडौँ । नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ ।
कोषका अध्यक्ष डा. भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।
बिदाइ कार्यक्रममा डा. भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरू सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगको लागि सबै सञ्चालकहरूलाई धन्यवाद दिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकले पु-याएको सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया