Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा

बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा


काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक बिक्रेताले बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको सञ्चालन गर्ने भएका छन् ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड मंगलबारदेखि मंसिर १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको पाँच दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ ।

राइड योर ओन स्टोरिजको थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् । यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ, डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया