१३ लाख रुपैयाँ जरिवाना गरिएकी महिला पक्राउ
काठमाडौ । १३ लाख रुपैयाँ जरिवाना ठहर भएकी बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका स्थायी घर भई हाल ललितपुर जिल्लाको सानागाउँ बस्ने ५१ वर्षीया दुर्गा शाही सापकोटालाई बैंकिङ कसुरको अभियोगमा बुधबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार सापकोटाउपर आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक ६ गते हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ गते भएको थियो । सोहीअनुरुप प्रतिवादी सापकोटाको हकमा बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद १३ लाख ६५ हजार रुपैयाँ जरिवाना फैसला भएको थियो ।
सो पश्चात् फरार रहेकी सापकोटालाई सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले ललितपुरको सानागाउँबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए । उनका अनुसार पक्राउ परेकी सापकोटालाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया