Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न

सामसङ विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न


काठमाडौं । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको तेस्रोे लक्की ड्र मंगलबार सम्पन्न भएको छ । जुन लक्की ड्रमा यही नोभेम्बर १३ तारिखदेखि १९ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नुहुने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार बुधबारको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भने अब बाँकी दुई हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ । पाँच ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया