जीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’
काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक बक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु थर्ड जेनेरेसन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना सुरु गरेको छ ।
यो क्याम्प बिहीबारबाट सुरु भई मंसिर १४ गते सकिने कम्पनीले जनाएको छ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् । सहभागी हुनका लागि इच्छुक महानुभावहरुले थापाथली, काठमाडौंस्थित ग्रेट वाल मोटर्सको शोरुममा गएर बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । इच्छुक सहभागीहरुले जीडब्लुएमको फेसबुक पेजमार्फत बुकिङ्ग गर्न सकिनेछ ।
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको मी स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यस क्याम्पअन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ । आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् ।
यस्तै जीडब्लुएमले अक्टोबर २०२१ मा एक लाख १२ हजार ६९ गाडी बिक्री गरेको छ, जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ बिक्री गरेको थियो । २०२१ को जनवरीदेखि अक्टोबरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको एक लाख १२ हजार २० सहित नौ लाख ९६ हजार एक सय १४ गाडी बिक्री भएको छ, जुन ३०.३ प्रतिशतको वृद्धि हो ।
चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी, हवाल ६५ लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पिक–अप पावर निर्यातमा पनि लगातार २४ वर्षदेखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया