अमेरिकामा अनुमानितभन्दा थोरै रोजगारी सिर्जना
वासिङटन । अमेरिकामा नोभेम्बर महिनामा अनुमान गरेभन्दा निकै कम संख्यामा रोजगारी सिर्जना भएको छ । बीबीसीका अनुसार अर्थशास्त्रीहरुले योभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । साढे पाँच लाख रोजगारी सिर्जनाा हुने अपेक्षा उनीहरुको थियो ।
यसका बाबजुद बेरोजगारी दर भने ४.२ प्रतिशतमा झरेको छ । साथै धेरै अमेरिकी नागरिक काममा फर्किएको बताइएको छ । यो रोजगारी तथ्यांकमा ओमिक्रोन देखापरेयता त्यसको असर समेटिएको छैन । ओमिक्रोन नोभेम्बरको अन्त्यतिर देखापरेको थियो । यसले अर्थतन्त्रको पुनरुत्थानलाई प्रभावित पार्नसक्छ ।
राष्ट्रपति जो बाइडेनले भने यो रोजगारी सिर्जनालाई पनि बलियो पुनरुत्थान भनेका छन् । उनी बेरोजगारी दर घटेकामा निकै खुसी देखिएका छन् । उक्त दर अक्टोबर महिनामा भने ४.६ प्रतिशत रहेको थियाो । महिनागत तुलनामा तलब समेत बढेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया