काठमाडौं, माघ १९
सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ७४ लाख २६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड तीन लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ६६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ५६ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड आठ लाख ९२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले २० करोड ४२ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड १३ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ९४ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया