तीन वर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी
इस्लामावाद । अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन वर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई आधार मान्ने हो भने पाकिस्तानको इतिहासमा यो तीन वर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो । सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रुपैयाँबाट बृहत् मूल्यह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रुपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ । पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दन्यूजले विभिन्न तथ्यांकलाई उद्धृत गरी उल्लेख गरेको छ ।
पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१–७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रुपैयाँबाट ११.१० रुपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो । यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो । मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोश (आईएमएफ)द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए ।
पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्ण रूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा. अशफाक हसन खानले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया