सिद्धार्थबैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रूपमा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुरूप सिद्धार्थ बैंकले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपाल–पे क्यूूआर तथा इन्टरनेट वर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरू विभिन्न भुक्तानीका लागि बिलर गेट–वेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । बैंकले सदैव आफ्ना ग्राहकहरूका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाटफर्महरू प्रदान गर्दै आएको छ र नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले बैंकका ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ ।
हाल नेसनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक/वित्तीय संस्था र तीनवटा भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया