छ्याङ्दी हाइड्रोपावरले आठ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले आठ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेभएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँमध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
अधिकृत पुँजी ५० करोड तथा जारी पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ नै पुग्नेछ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत यही माघ ११ गतेदेखि खुला हुुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य फागुन दुई गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया