व्यवसायीको मानमर्दन नगर्न महासंघको चेतावनी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी विवादमा तानिएको बतास अर्गनाइजेसनको बचाउ गर्दै व्यवसायीको चरित्रहत्या र मानमर्दन नगर्न चेतावनी दिएको छ ।
मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा प्रहार भइरहेको महासंघको दाबी छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको उल्लेख गरेको छ ।
सरकारी निकायले अनुमति दिएकोमा स्वाभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएको महासंघको दाबी छ । प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै बाधा नपु-याउने तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्ने महासंघको भनाइ छ । ‘सञ्चारमाध्यममा आएका समाचारकै भरमा स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापि न्याय संगत होइन’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया