देशभर तीन किसिमका उद्यम विकास गर्न सम्झौता
काठमाडौं । देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजनासम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्ने र सीबीफिनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्ने समझदारी भएको छ । साथै, स्थानीयस्तरबाट छनौट हुने यस्ता परियोजना कर्मभूमि समाज र सीबीफीनले स्थानीय गाउँपालिका वा नगरपालिकाहरू समेतको सहकार्य÷समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ । कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षकको प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ ।
गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट एक हजार ४६ प्रस्ताव प्राप्त गरेकोमा ११६ परियोजना बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् भने छिटै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको समाजका अध्यक्ष विनोद चौधरीले बताए ।
सीबीफिनले लघु, साना तथा मझौला उद्यममा लगानीसम्बन्धी मेलामार्फत बैंक तथा वित्तीय संस्था र सम्भाव्य उद्यम सञ्चालन गर्न चाहानेहरूलाई एउटै प्लेटफर्ममा ल्याएर दुई पक्षबीच अन्तरक्रिया गराउने तथा यस्ता परियोजनामा लगानीका लागि बैंक तथा वित्तीय संस्थामा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोक्न लगाउने, वित्तीय साक्षरताजस्ता कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्ने र कर्मभूमि समाज समेतको परामर्शमा यस्ता उद्यममा सहजै वित्तीयकरणका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगायत नियामक निकायलाई रचनात्मक सुझाव पेस गर्ने सम्झौतामा उल्लेख छ ।
दुवै संस्थाले यो समझदारीको कार्यान्वयनबाट लघु, साना तथा मझौला उद्यम विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छन् । कर्मभूमि समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी र सीबीफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले आइतबार सम्झौतामा हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया