एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुला
काठमाडौं । एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुला भएको छ । बैंकका अनुसार आठ वर्ष अवधि तथा वार्षिक आठ दशमलव पाँच प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुुन आउने दुई अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १२ लाखकित्ता ऋणपत्रले हुन आउने आउने कुल एक अर्ब २० करोड ऋण पुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात् आठ लाख कित्ता ऋणपत्रले हुनआउने कुल ८० करोड ऋण पुँजी रकम (सोमध्ये पाँच अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ ।
यो ऋणपत्रको निष्काशन माघ ३ गते अर्थात् सोमबारबाट खुला भई छिटोमा माघ छ गते बन्द हुनेछ । स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा लाखौँ सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँचवटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया