कामना सेवा र अन्तरप्रेरणाको सहकार्यमा ‘इन्टरप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात
काठमाडौं । कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि ‘इन्टरप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात गरेको छ । माघ २ देखि ६ गतेसम्म जुम मिटिङमार्फत अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरूले भाग लिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारी प्राप्त गर्नेछन । उनीहरूले समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरूको समेत व्यावहारिक ज्ञान र सीप प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।
यो कार्यक्रममार्फत व्यवसायको लागि सम्भावित क्षेत्रहरूको पहिचान गरी आफ्नो लागि कुन व्यवसाय उपयुक्त हुन्छ भन्ने थाहा पाउने र व्यवसय सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ । यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै कर्जा तथा लगानीका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन सहयोग पु-याउनेछ । यो कार्यक्रमले उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया