किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार
काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।
यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू भइसकेको र आइतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गमा विस्तार गरेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका हुन् । सो उद्घाटनपश्चात् सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सातवटा कार्यालयहरूमा विस्तार गरिएको बताए । ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया