काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा युनाइटेड अरब इमिरेट्स (यूएई) पु-याएर अलपत्र पार्ने त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीलाई कारबाही गरिने बताएका छन् ।
उक्त कम्पनीले भिजिट भिसामा मानिसहरू यूएईमा लगेर अलपत्र पारेको, ठगी गरेको तथा विभिन्न समस्या दिई अप्ठ्यारोमा पारेको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् । त्रिनेत्र कन्सल्टेन्सी रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पु-याउने कार्यमा संलग्न रहेको छ । मन्त्री श्रेष्ठको अलपत्र परेका युवाहरूलाई तत्काल उद्धार गर्न पनि उक्त कन्सल्टेन्सीलाई चेतावनी दिएका छन् । मन्त्रीको चेतानीपछि त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए । यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरूलाई उद्धार गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौँ युवालाई महिनौँ अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी परेको छ । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई पु-याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्टेन्सीहरू. ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियाहरू संलग्न रहेको पाइएकोले उनीहरूलाई कारबाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले एक अपिल जारी गर्दै अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनीहरूबारे जानकारी गराई सहयोग गर्न आग्रह पनि गरेका छन् । उनले सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन आग्रह गरेका हुन् । सरकारले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ ।
अलपत्र नेपालीको समस्या समाधान गर्न यूएईका राजदूतसँग छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यूएईमा अलपत्र परेका नेपालीको समस्या समाधान गर्न यूएईका राजदूतसँग छलफल समेत गरेका छन् । श्रममन्त्री श्रेष्ठसँग बुधबार नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीले गरेको शिष्टाचार भेटमा रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदलाई मन्त्री श्रेष्ठले आग्रह गरे ।
अनधिकृत रूपमा मेनपावर कम्पनी, कन्सलटेन्सीहरू. ट्राभल्स सञ्चालकहरू, बिचौलिया तथा लामो समयदेखि यूएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरूले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरूलाई कानुनी दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा राखेको बताए । मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा यूएई गई अलपत्र परेकाहरूको समस्याको स्थायी समाधान नहुन्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न समेत आग्रह गरे । त्यसरी अलपत्र परेका नेपालीहरूको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आम माफीको व्यवस्था गर्न पनि उनले आग्रह गरे ।
राजदूत साइदले यूएई गई समस्यामा परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए । साथै उनीहरूबीच नेपाल– यूएई संयुक्त समितिको बैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया